युवा उद्यममा बहस सम्पन्न

धुन्चे, साउन, २९ । जिल्ला युवा समितिको आयोजनामा उद्यम र रोजगारी युवाहरुको गन्तव्य विषयक एक अन्तर्क्रिया धुन्चेमा सम्पन्न भयो ।

अन्तर्राष्ट्रिय युवा दिवको सन्दर्भमा भएको अन्तर्क्रियामा  विभिन्न बक्ताहरूले रसुवा जिल्लाका युवाहरूको उद्यम विकासका चुनौतिका विषयमा धारणा राखेका थिए ।  नेपाल पत्रकार महासंघका प्रेम पौडेल, हेमनाथ खतिवडा , ज्ञानेन्द्रनाथ न्यौपाने, उत्तरगया गाउँ पालिका उपप्रमुख चमेली गुरुङ, वाईसिएलका अध्यक्ष गणेश बिक, निमित्त प्रमुख जिल्ला अधिकारी स्मिता पौडेल, जिल्ला समन्वय समितिका संयोजक कुलप्रसाद भट्ट, सभासद छोवाङतेन्जिङ तामाङले उद्यम बिना विकास सम्भव नभएको बताउनुभयो ।

युवा मैत्री कार्यक्रम आवश्यक रहेको र ज्ञान सीप र क्षमताका आधारमा युवाहरुलाई रोजागारी र उद्यममा समेटनु पर्ने र युवा शक्तिलाई सवैले मध्ये जनर दिएर उत्पादनमा जोड्नु पर्ने तथा समितिले युवाहरुको छाताको रुपमा काम गर्ने बताउनुभयो ।


जिल्ला युवा समितिका संयोजक सुरेश अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्लाका युवाहरुको अवस्था तथा तथ्य तथ्यांक नभएकोले त्यस्ता काममा गाउँ पालिका र बिभिन्न संघ संस्थाहरुको समन्वयमा हुनु पर्ने बताएका थिए । सदस्य सचिव तथा निमित्त जिल्ला शिक्षा अधीकारी भाष्कर गौतमले कार्यक्रमको बारेमा जानकारी गराएका थिए ।