गर्भवती महिलाको मृत्यु

उनलाई १ दिनभरि प्रसव पीडा भएपनि स्वास्थ्य संस्था टाढा भएको कारण मृत्यु भएको हो 

चिलिमे, साउन ३१ गते  । चिलिमेको साङ्जेन खर्कको गोठमा एक गर्मभवती महिलाको  मृत्यु भएको छ । पार्वतीकुण्ड गाउँ पालिका -५ का २७ वर्षीया तिपतोङ तामाङको सुत्केरी हुन नसकेर मृत्यु भएको हो । गाउँबाट एक घण्टाको दूरीमा रहेको गोठमा सुत्केरी हुन नसकेर मृत्यु भएको  वडा सचिव छोवाङ तामाङले बताए ।

उनका पति नुर्पुछिरिङ तामाङसहित परिवार नै गोठमा बस्दै आएका थिए । उनलाई १ दिनभरि प्रसव पीडा भएपनि स्वास्थ्य संस्था टाढा भएको कारण मृत्यु भएको हो । स्वास्थ्य सेवामा पहुँच नभएका कारण ग्रागीण तहमा स्वास्थ्य उपचार नपाउने समस्या विद्यमान छ ।