यी हुन् रसुवा जिसस चलाउने नेता

धुन्चे, साउन २७ गते । नेकपा (एमाले) का नेता कुलप्रसाद भट्टको नेतृत्वमा जिल्ला समन्वय समिति बनेको छ । स्थानीय तहको निर्वाचनमा एमालेको बहुमत आएपछि उनको नेतृत्वमा निर्विरोध जिल्ला समन्वय समिति बनेको हो । स्थानीय तहको निर्वाचनमा एमालेले पाँचै पालिकामा उपाध्यक्ष र दुई पालिकामा अध्यक्ष पदमा विजय हासिल गरेको थियो ।

समन्वय समितिका उपप्रमुखमा गोसाईकुण्ड गाउँपालिका ५ की छोपेमा तामाङ चयन भएकी छिन् । त्यस्तै महिला सदस्यहरूमा नौकुण्ड गाउँपालिकाबाट शारादा गुरूङ, कालिका गाउँपालिकाबाट चित्रकुमारी भट्ट (न्यौपाने), पार्वतीकुण्ड गाउँपालिकाबाट शुसिला तामाङ विजयी भएका छन् । सदस्यहरूमा अर्जुनप्रसाद पौडेल कालिका गाउँपालिका, कृष्णप्रसाद (रमेश) सुबेदी उत्तरगया गाउँपालिका, नुर्पुछिरिङ तामाङ गोसाईकुण्ड गाउँपालिकाबाट चयन भएका छन् । त्यस्तै अल्पसंख्यकबाट गोसाईकुण्ड गाउँपालिकाका तेम्पाग्याल्बो घले निर्विरोध चयन भएका छन् ।

बैशाख ३१ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा रसुवाको पाँच पालिकाको प्रमुख पाँच पदमा एमालेले दुई पद र उपप्रमुख पाँच पदमा पाँचै पद विजय हासिल गरेपछि यो वातावरण बनेको हो ।

निर्बिरोध निर्वाचित भएपछि आजै पद तथा गोपनियताको सपथ र पदभार ग्रहण गरेका छन् । 

फोटो नाम थर पद ठेगाना र सम्पर्क नं