स्वास्थ्य कार्यक्रमको समीक्षा

जिबजिबे, भाद्र १ गते । पार्च्याङ स्वास्थ्य चौकीमा नौकुण्ड गाउँपालिकास्तरीय स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा सम्पन्न भएको छ ।

पालिकास्तरीय स्वास्थ्य शाखा प्रमुख अणप्रसाद पौडेलले दिनुभएको जानकारी अनुसार समीक्षामा जिल्ला स्वास्थ्य कार्यलयका जनस्वास्थ्य अधिकृत बसुन्धरा शर्मा, गाउँपालिकाका प्रमुख नुर्पुसाङ्बो घले, कार्यकारी अधिकृत समीर भण्डारीले स्वास्थ्य सेवा सुधारमा सबैको सहभागिता हुनुपर्नेमा जोड दिएका थिए ।

साउन ३१ र ३२ दुई दिनसम्म सञ्चालतय गोष्ठीमा वर्षभरि भएका स्वास्थ्य गतिबिधि र आगामी वर्षको कार्यक्रमबारे जानकारी गराईएको थियो ।