धुञ्चेमा पत्रकारिता तालिम

धुञ्चे, ३१  साउन  ।  जागरण मिडिया सेन्टरले रसुवाका पत्रकारहरूलाई तीन दिने  लैङ्गिक समानता र सामाजिक समावेशीकरण पत्रकारिता तालिम दिएको छ । 

जिल्लाका १८ जना पत्रकारहरूलाई एकल सिलवाल र अन्जु कँडेलले लैङ्गिक बिभेदको अन्त्य र सामाजिक बहिष्करणमा परेका समुदायलाइ समाजको मुल प्रबाहमा समावेश गराउन पत्रकारिता क्षेत्रले खेल्ने महत्वपूर्ण भूमिकाबारे तालिम दिएका थिए । 

धुञ्चेको नमस्ते गोसाइँकुण्ड होटलमा  साउन ३१ देखि भाद्र १ गतेसम्म उक्त तालिम सञ्चालन भएको पत्रकार महासंघका अध्यक्ष हेमनाथ खतिवडाले जानकारी दिए ।