रसुवाबाट बाढी पीडितलाई सहयोग

रसुवाली पनि आफैं पहिरो पीडित हुन् । भुकम्पको समयमा विभिन्न क्षेत्रबाट रसुवामा आएको राहतको प्रभावका कारण स्थानीय बासिन्दा हाल तराईका बाढी पीडितलाई सहयोग गर्न तत्पर रहेको स्थानीय एक सहयोगीले बताए । 

धुञ्चे, भाद्र ५ गते । तराइका बाढी पीडितलाई रसुवालीले सहयोग गरेका छन् । प्रधानमन्त्री दैवी उद्दार कोषमार्फत् आज ७७ हजार चार सय साठी रूपैयाँ रसुवालीले पठाएका छन् । सो रकम कालिका गाउँपालिका वडा नं ५ मा संकलन गरिएको हो ।  कोषमा रकम जम्मा गरी जिल्ला प्रशासन कार्यालय रसुवामा भौचर हस्तान्तरण गरिएको स्थानीय मीन पुडासैनीले जानकारी दिए ।

त्यस्तै जिल्ला भूमिअधिकार मञ्च रसुवाले ६७ हजार ८ सय पचपन्न रूपैंयाँ जिल्ला भूमि अधिकार मञ्च रौतहटलाई हस्तान्तरण गरेको छ । सामुदायिक आत्मनिर्भर सेवा केन्द्र,  मञ्चका सदस्यहरू र कालिकास्थानका स्थानीय समुदायको सहयोगमा उक्त रकम जम्मा गरिएको हो । 

रसुवाली पनि आफैं पहिरो पीडित हुन् । भुकम्पको समयमा विभिन्न क्षेत्रबाट रसुवामा आएको राहतको प्रभावका कारण स्थानीय बासिन्दा हाल तराईका बाढी पीडितलाई सहयोग गर्न तत्पर रहेको स्थानीय एक सहयोगीले बताए ।