जिल्ला प्रशासनमा स्तनपानको लागि छुट्टै कोठा

 सेवाग्राहीलाई सुविधा पुर्याउन एक सहायता कक्षको पनि व्यवस्था गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ

धुञ्चे, भाद्र ५ गते । जिल्ला प्रशासन कार्यालयमा स्तनपानको लागि छुट्टै कार्यकक्षको व्यवस्था गरिएको छ ।  रसुवाको प्रमुख जिल्ला अधिकारी भएर गृहमन्त्रालयबाट हिरादवी पौडेल आउनु भएपछि सेवाग्राहीको समस्यालाई ध्यानमा राख्दै सो व्यवस्था गरिएको हो ।

हाल रसुवा जिल्ला प्रशासन कार्यालयमा प्रमुख र सहायक प्रमुख जिल्ला अधिकारी दुबैजना महिला हुनुहुन्छ । सहायक प्रमुख जिल्ला अधिकारीमा स्मिता पौडेल कार्यरत हुनुहुन्छ ।

 सेवाग्राहीलाई सुविधा पुर्याउन एक सहायता कक्षको पनि व्यवस्था गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।