सिम्ले-भोर्ले पुल बगायो  

कालिकास्थान, भाद्र ९ गते । रसुवाको दक्षिणी क्षेत्रमा पर्ने सिम्ले-भोर्ले-पार्च्याङ जोड्ने सडकको पुल बाढीले बगाएको छ । धोबीखोलामा रहेको पुल हिजो दिउँसो परेको अबिरल वर्षाका कारण बगाएको हो । सो क्षेत्रमा पर्ने करीब १०० रोपनी खेत पनि बाढीले बगाएको स्थानीय कमल आचार्यले जानकारी दिए ।

उत्तरगया गाउँपालिकाको बोगटीटार वा जिरोबाट भोर्ले हुँदै पार्च्याङसम्म जोड्ने उक्त सडक भोर्लेसम्म सञ्चालनमा आएको थियो । पार्च्याङ वा नौकुण्ड गाउँपालिकाको केन्द्रसम्म यसैवर्ष जोडिने पनि बुझिएको छ ।

त्यस्तै अबिरल वर्षाले पहिरो गएका कारण कालिकास्थान-जिबजिबे आवतजावतमा समस्या भएको छ ।