श्यामेवाङ्फेलमा डिजिटल पढाई हुने

पाठ्यक्रम, पाठ्यपुस्तक, शिक्षक गाइडलगायतका सामग्रीहरू सिधै एप्सबाट प्राप्त गर्न सकिने भएपछि प्रविधिको अधिकतम प्रयोग गरेर मात्र व्यावसायिक र व्यावहारिक शिक्षा दिन सकिने विद्यालयले जनाएको छ ।

स्याफ्रुबेसी, भाद्र ९ गते । रसुवाको स्याफ्रुबेसी/कोमिनमा रहेको श्यामेवाङ्फेल माविमा डिजिटल प्रविधिबाट पढाई हुने भएको छ । शिक्षण सम्बन्धि पाठ्यक्रमहरूको एप्स विकास भइसकेको परिप्रेक्ष्यमा शिक्षणलाई प्रविधिमैत्री बनाउँदै लैजानको लागि विद्यालयले योजना बनाएको प्रिन्सिपल माधब लामिछानेले बताउनु भयो ।

प्रत्येक कक्षामा स्मार्ट टिभी जडान गरी विद्यार्थीहरूलाई ट्याबलेटको प्रयोग गरी शिक्षण गराउँने योजना रहेको पनि लामिछानेले बताउनु भयो । शिक्षकले गाइड वा पुस्तक पढेर सुनाउँदा भन्दा केही खोजेर प्रविधिमैत्री अध्यापन गराउँदा व्यावहारिक शिक्षा दिन सकिने भएकोले उक्त प्रविधि रोजिएको विदयालयले जनाएको छ ।

पाठ्यक्रम, पाठ्यपुस्तक, शिक्षक गाइडलगायतका सामग्रीहरू सिधै एप्सबाट प्राप्त गर्न सकिने भएपछि प्रविधिको अधिकतम प्रयोग गरेर मात्र व्यावसायिक र व्यावहारिक शिक्षा दिन सकिने लामिछानेको भनाई छ । जसका लागि विद्यालयले हाल ४ लाखसम्म लगानी गरी ट्याबलेट किन्ने योजना छ । स्मार्ट टिभी खरिदका लागि सहयोगीको खोजी गरिरहेको पनि विद्यालयले जनाएको छ ।

हाल विद्यालयमा ४ सय ६५ विद्यार्थीहरू अध्ययनरत छन् ।