लाङटाङ खोलाको 'प्रि कन्ट्रक्सन' सुरू

धुन्चे, भाद्र १२ गते । लाङटाङ खोला जलविद्युत आयोजनाको 'प्रि कन्स्ट्रक्सन’  को कार्य सुरू भएको छ । आयोजनाका डेपुटी म्यानेजर नारायण सुवेदीले दिएको जानकारी अनुसार सो आयोजना ४ अरब २१ करोडको लगानीमा निर्माण हुन लागेको छ । उक्त आयोजना २० मेगावाट क्षमताको रहेको छ । 

प्राप्त जानकारी अनुसार पावर हाउसदेखि बाँधस्थलसम्म पुग्ने पहुँच मार्गको ट्रयाक खोल्ने  कार्य ७० प्रतिशत  र बेलीब्रिज  निर्माण भइसकेको छ ।  आयोजना निर्माणका लागि जग्गा खरीद कार्य पनि सम्पन्न भइसकेको छ  भने सो आयोजना मल्टी इनर्जी डेभलपमेन्ट प्रालिले सम्पन्न गर्ने जिम्मेवारी पाएको छ । २०७६ सालभित्रमा आयोजना सञ्चालनमा आइसक्ने पनि बताइएको छ ।