धुञ्चे बजार सरसफाई

धुञ्चे, भाद्र, १३ गते । गोसाइकुण्ड गाउँपालिका वडा नं ६ धुञ्चे बजार सरसफाई गरिएको छ । वडा कार्यालय र प्रमुख जिल्ला अधिकारीको अगुवाईमा सम्पन्न उक्त सरसफाई कार्यक्रममा सुरक्षा निकाय, पत्रकार, स्थानीय बासिन्दा र कार्यालय प्रमुखको सहभागिता रहेको छ ।

सफा बजार निर्माणको ध्येयले सुरु गरिएको उक्त अभियान निरन्तर सञ्चालन गरिने वडा कार्यालयले जनाएको छ । जिल्ला प्रशासन कार्यालय नजिकैबाट सुरू गरिएको सरसफाई अभियान धुञ्चे बजार हुँदै पुरानो गाउँसम्म पुगेर टुङ्गिएको थियो । 

तस्वीर : जिल्ला प्रहरी कार्यालयको फेसबुकबाट 

२०७१ सालमा निर्माण गरिएको व्यवस्थित धुञ्चे निर्माणका चुनौति विषयक यो दृश्य पनि हेर्नुहोस् ।