गैसस र जिसस बीच अन्तर्क्रिया

कार्यक्रममा जिल्ला समन्वय समितिका पदाधिकारीहरू शारदादेवी गुरूङ, कृष्णप्रसाद सुवेदी, कालिका गाउँपालिकाका प्रमुख सीताकुमारी पौडेल, गोसाइँकुण्ड गाउँपालिकाका प्रमुख कैसाङ तामाङ, नौकुण्ड गाउँपालिका प्रमुख नुर्बुसाङ्बो घले, कालिका गाउँपालिका उपप्रमुख भवानीप्रसाद न्यौपानेलगायतले गैससका प्रगतिहरू परिणाममुखी हुनुपर्नेमा जोड दिनुभयो ।

धुञ्चे, भाद्र १४ गते । जिल्ला समन्वय समिति र कार्यरत गैरसरकारी संस्था बीच अन्तर्क्रिया सम्पन्न भएको छ । जिल्ला समन्वय समिति रसुवाले आयोजना गरेको कार्यक्रममा जिल्लामा कार्यरत विभिन्न गैर सरकारी संस्थाको कार्य प्रगति बीच छलफल भएको छ ।

कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख कुलप्रसाद भट्टले गैरसरकारी संस्था र सरकारी कार्यालय एक अर्का बीच समन्वय गर्दै जनताको काममा जुट्नु पर्ने बताउनु भयो । जिल्ला समन्वय समिति र निर्वाचित जनप्रतिनिधिहरू गैरसरकारी संस्थाको कार्य सञ्चालनको लागि बाधस नभई साधक बन्ने पनि उहाँले बताउनु भयो ।

कार्यक्रममा प्रमुख अतिथि तथा सभासद छोवाङतेन्जिन तामाङले भुकम्पको प्रतिकार्यका लागि गैरसरकारी संस्थाले पुर्याएको योगदानको प्रशंसा गर्दै आगामी दिनमा सहकार्य गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । स्थानीय विकास अधिकारी राजेन्द्रदेव पाण्डेयले भुकम्पका कारण सरकारका विकासका विभिन्न सूचकहरू समयमा पुरा गर्न नसकिएको र अब छिट्टै खुल्ला दिशामुक्त जस्ता अभियानमा सम्बन्धित संस्थाहरु अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा जिल्ला समन्वय समितिका पदाधिकारीहरू शारदादेवी गुरूङ, कृष्णप्रसाद सुवेदी, कालिका गाउँपालिकाका प्रमुख सीताकुमारी पौडेल, गोसाइँकुण्ड गाउँपालिकाका प्रमुख कैसाङ तामाङ, नौकुण्ड गाउँपालिका प्रमुख नुर्बुसाङ्बो घले, कालिका गाउँपालिका उपप्रमुख भवानीप्रसाद न्यौपानेलगायतले गैससका प्रगतिहरू परिणाममुखी हुनुपर्नेमा जोड दिनुभयो । उहाँहरूले गाउँपालिकाले निर्दिष्ट गरेका योजनाहरूमा गैससका कार्यक्रमहरू लक्षित हुनुपर्नेमा जोड दिनुभयो ।

अन्तर्क्रिया कार्यक्रममा प्रगति तथा आगामी योजना प्रस्तुत गर्ने गैरसरकारी संस्थाहरूमा युएन ह्याविट्याट, इकार्डस् नेपाल, परिवर्तन/पात्र, कर्डएड, लुमन्ती, लाङटाङ क्षेत्र संरक्षण सरोकार समाज, इस्याफ नेपाल, आत्मनिर्भर सेवा केन्द्र, एसिएफ, एफपान, मानेकोर सोसाइटी, एलडब्लुएफ नेपाल, बतास फाउण्डेसन, पौरखी नेपाल, हेल्भेटास, साहस नेपाल, सिड्स रसुवा, नेपाल रेडक्रस सोसाइटी, विल्ड चेन्ज, समरिटन्स् पर्स, ओएम नेपाल, एचआरआरपी, पिन, सिएमसी नेपाल, जनजागृति महिला समूह, नेपाल कृषिवन प्रतिष्ठान, स्वास नेपाल, हिमालयन बौद्द सोसाइटी, टिपिओ नेपाल र युनिसेफ रहेका छन् ।