रसुवामा यसरी छुट्टियो प्रदेश

नेपालको संविधान २०७२ र राज्य पुनर्संरचना अनुसार रसुवालाई दुई क्षेत्रमा विभाजन गरिएको छ ।

क्षेत्र वा प्रदेश नं १ मा नौकुण्ड गाउँपालिका, कालिका गाउँपालिकाको वडा नं ४, ५ र गोसाइँकुण्ड गाउँपालिका समेटिएको छ भने  क्षेत्र नं २ मा उत्तरगया गाउँपालिका, पार्वतीकुण्ड गाउँपालिका र कालिका गाउँपालिकाको वडा नं १,२,३ रहेका छन् ।

मुलुकको समग्र जनसंख्यालाई ९० प्रतिशत र भूगोललाई १० प्रतिशत भार दिएर निर्वाचन क्षेत्र र प्रदेशहरू छुट्याइएको निर्वाचन आयोगले बताएको छ ।