जिसस सदस्यहरूको जिम्मेवारी बाँडियो, कुन पालिकामा को ?

धुन्चे, भाद्र १७ गते । जिल्लामा सनन्वयका कार्यलाई सहज गर्नका लागि जिल्ला समन्वय समितिले विभिन्न उपसमिति गठन गरेको छ । समितिका प्रमुख कुलप्रसाद भट्टको अध्यक्षतामा बसेको बैठककले विषयगत क्षेत्र पहिचान गरी योजना निर्माण गर्न विषयगत विकास उप समिति समेत गठन भएको छ ।

जिल्ला समन्वय समितिले दिएको जानकारी अनुसार आर्थिक उप समितिमा संयोजकमा चित्रकुमारी न्यौपाने , सामाजिक विकास उपसमितिमा शारदादेवी गुरुङ, सडक तथा भवन समन्वय उप समिति संयोजकमा रमेश सुवेदी, सिंचाई तथा खानेपानी उपसमितिमा नुर्पुछिरिङ तामाङ, उद्योग वन वातावरण उपसमिति संयोजकमा सुशीला तामाङ, भूमि तथा जलस्रोत उपसमिति संयोजकमा तेम्पा ग्याल्बो घले, गैरसरकारी संघ संस्स्था समन्वय उपसमितिमा अर्जुनप्रसाद पौडेललाई संयोजक तोकेको छ ।

उपसमितिहरुको सदस्य सचिवमा अधिकृतहरु लिलानाथ नेपाल र कृष्ण बिक रहनु भएको छ ।

त्यस्तै उत्तरगया गाउँ पालिकामा कृष्णप्रसाद सुवेदी रमेश, कालिका गाउँ पालिका अर्जुनप्रसाद पौडेल र चित्रकुमारी न्यौपाने, नौकुण्ड शारदादेवी गुरुङ, गोसाँईकुण्डमा नुर्पुछिरिङ तामाङ र तेम्पाग्याल्बो घले , पार्वतीकुण्डमा शुशिला तामाङलाई समन्वय गर्ने जिम्मेवारी दिएको छ ।