थोपा सिंचाईका सामग्री वितरण

धुन्चे, भाद्र १७ गते । तरकारी खेती उत्पादन तथा विक्री वितरणका माध्यमबाट जनताको आर्थिक उपार्जनमा सहयोग पुर्याउने उद्देश्यले थोपा सिंचाईका सामग्री वितरण गरिएको छ ।

ल्याकोसले दिएको जानकारी अनुसार स्याफ्रु, गोल्जुङ, गत्लाङ, चिलिमे, सरमथली , भोर्ले, यार्सा लगायतका ठाउँमा युएसएआईडिको सहयोगमा सवल कार्यक्रम मार्फत् प्लाष्टिक ड्रम, पाईपलगायतका आपतकालीन अवस्थामा आवश्यक सामग्रीहरु समेत वितरण गरिएको छ ।