शिक्षकलाई ट्याबलेट वितरण

स्याफ्रुबेसी, भाद्र २५ गते । रसुवाको स्याफ्रुबेसी/कोमिनमा रहेको श्यामेवाङ्फेल माविका शिक्षकहरूलाई ट्याबलेट वितरण गरिएको छ ।  डिजिटल प्रविधिबाट अध्यापन गराउनका लागि ३८ औं विश्व साक्षरता दिवसको अवसरमा आयोजित कार्यक्रममा  २० जना शिक्षकहरूलाई ट्याबलेट वितरण गरिएको हो ।

शिक्षण सम्बन्धि पाठ्यक्रमहरूको एप्स विकास भइसके परिप्रेक्ष्यमा शिक्षणलाई प्रविधिमैत्री बनाउँदै लैजानको लागि विद्यालयले शिक्षकहरूलाई ट्याबलेट वितरण गरिएको प्रिन्सिपल माधब लामिछानेले बताउनु भयो । उहाँका अनुसार विद्यालयकै स्रोतबाट तीनलाख ९८ हजार लगानी गरेर ट्याबलेट खरीद गरिएको हो । अझै ट्याबलेटको संख्या पुगेको छैन, स्रोत खोज्दै थप गर्दै जाने लामिछानेले बताउनु भयो ।

कार्यक्रममा जिल्ला शिक्षा अधिकारी होमनाथ न्यौपाने, सहायक जिल्ला शिक्षा अधिकारी भाष्कर गौतम, विद्यालय निरीक्षक दीपक माझी, स्रोत व्यक्तिहरू रामप्रसाद पाण्डेय र ध्रुब लामिछानेलगयात सहभागी थिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रिसाङ तामाङको अध्यक्षतामा उक्त कार्यक्रम सम्पन्न भएको हो । स्मार्ट टिभीको व्यवस्था गरी डिजिटलाईज प्रविधिबाट अध्यापन गराइने तयारी भइरहेको विद्यालयले जनाएको छ ।