आफ्नै डेरामा मृत भेटिए

स्याफ्रुबेशी, भाद्र २८ गते । स्याफ्रुबेसीमा अन्दाजी ३६ वर्षका एक व्यक्तिलाई आफ्नै डेरामा मृत अवस्थामा भेटिएको छ ।  काठमाण्डौ महागनरपालिका ३४ का सुरभ अर्याललाई आफ्नै डेरामा मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यलय रसुवाले जनाएको छ । 

उनी मेगा बैंक स्याफ्रुबेँसी शाखामा कार्यरत कर्मचारी हुन् ।  शव परीक्षणका लागि जिल्ला अस्पताल धुन्चे ल्याइएको छ । मृत्यु हुनुको कारण खोजी भइरहेको प्रहरीले जनाएको छ ।