अमेरिकन डलरसहित चिनीयाँ नागरिक पक्राउ

असोज, ५ गते, टिमुरे । रसुवागढी नाकाबाट अवैध रूपमा चीनको केरूङतर्फ लाँदै गरेको ५० हजार अमेरिकन डलरसहित एक चिनीयाँ महिला हिजो पक्राउ परेकी छिन् । जिल्ला प्रहरी कार्यालयले दिएको जानकारी अनुसार ४७ वर्षीया लिलि ओनलाई चेकजाँच गर्दा एक सय दरका ४३५ र पचासका १३० गरी जम्मा ५० हजार अमेरिकी डलर सहित पक्राउ गरिएको हो ।

विशेष सुराकीका आधारमा उनलाई पक्राउ गरिएको  र थप अनुसन्धानका लागि काठमाडौ राजश्व विभागमा  लगिएको छ ।

फोटो : जिल्ला प्रहरी कार्यालय, रसुवा