पुल निर्माणका लागि सर्वे

असोज, ५ गते, सरमथली । गत साउन २२ गते अविरल वर्षाका कारण यार्सा र सरमथली क्षेत्रमा बगाएका झोलुङ्गे पुलहरूको निर्माणका लागि सर्वे गरिएको छ । जिल्लास्थित सिड्स, रसुवाको सहजीकरण तथा हेल्भेटासको सहयोगमा विभिन्न ८ वटा पुलहरू निर्माणका लागि सर्वे गरिसकिएको नौकुण्ड गाउँपालिकाका उपप्रमुख सिर्जना लामाले बताउनुभयो ।

युब्रा, घिचेत, थुर्क्युङ खोला, सिप्झोङ खोला, घट्टेखोलालगायतका स्थानमा झोलुङ्गे पुलहरू बगाएपछि पार्च्याङ, चिलाउनेगाउँ, पाटीखर्क, सरमथली र भोर्ले आवतजावतमा समस्था भएको थियो ।

फोटो : सिर्जना लामाको फेसबुकबाट