पूर्ण सरसफाईका लागि अभिमुखीकरण

जिबजिबे, रसुवा । कालिका गाउँपालिका वडा नं ५ मा पूर्ण सरसफाई अभियान सञ्चालन गर्नका लागि अभिमुखीकरण सम्पन्न भएको छ । ''नयाँ वडापालिका, नयाँ शान : पूर्ण सरसफाई हाम्रो अभियान'' भन्ने मूल नाराका साथ उक्त अभिमुखीकरण सम्पन्न भएको हो ।

पूर्ण सरसफाई प्रवर्दन सम्बन्धि वडास्तरीय सरोकारवालाहरूलाई अभिमुखीकरण आयोजना गर्दै परिवर्तन/पात्रले संविधान, ऐन तथा नीतिमा व्यवस्था भएका विभिन्न प्रावधानहरूका बारेमा छलफल गराएको बताइएको छ ।

अभिमुखीकरणमा पूर्ण सरसफाईका लागि वडापालिकाले योजना निर्माण गर्नु पर्ने बताउँदै सरोकारवालाहरूले घरभित्र र घर बाहिरको सरसफाईमा समुदाय आफैं लाग्नुपर्नेमा जोड दिएका थिए । पूर्ण सरसफाईका लागि समुदाय सचेतीकरण, फोहोर मैला बर्गीकरण गरी व्यवस्थापन गर्नुपर्ने, घरभित्रको धुँवा न्यूनीकरण गर्न नवीन उर्जाको प्रयोग गर्नुपर्ने, सार्वजनिक शौचालय निर्माण गरी प्रयोग गर्नुपर्ने कुराहरूमा सरोकारवालाहरूले जोड दिएका परिवर्तन पात्रका प्रेमा काउचाले बताउनुभयो ।   

अभिमुखीकरणमा जिल्ला समन्वय समितिका सदस्य अर्जुन पौडेल, वडापालिकाका कार्यबाहक अध्यक्ष सृजना नेपाली, नीलकण्ठ नमुना माविका सहायक प्रअ अर्जुन देवकोटा, नेपाल पत्रकार महासंघका प्रेम पौडेल, गोल्डेन बालक्लबका अध्यक्ष बिपना लामिछानेलगयातका बक्ताले पूर्ण सरसफाईमा आआफ्नो भूमिकाका बारेमा मन्तव्य राखेका थिए । 

वडापालिकाको पूर्ण सरसफाई अभियान सञ्चालन गर्न वडाध्यक्ष रामहरि देवकोटाको अध्यक्षतामा २५ सदस्यीय खानेपानी, सरसफाई तथा स्वच्छता समन्वय समिति गठन भएको वडा पालिकाका सचिव मीननाथ पौडेललले जानकारी दिनुभयो ।