रसुवाकी ऋतु सर्वाधिक मतले टानमा विजयी

कालिकास्थान, रसुवाकी पर्यटन व्यावसायी ऋतु ग्याम्दान ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को निर्वाचनमा सबैभन्दा बढी मत ल्याएर विजयी भएकी छिन्  । मोहन लम्साल प्यानल वा लोकतान्त्रिक गठबन्धनबाट महिला सदस्य पदमा उम्मेद्वार भएकी ऋतुले ४ सय १७ मत प्राप्त गरेकी छिन् । उनको प्रतिद्वन्दी तथा नवराज दाहाल प्यानल वा बामगठबन्धनकी कविता लामिछानेले २ सय ६१ मत प्राप्त गरेकी थिईन् ।

नेपाल फिमेल गाईड प्रालि  सञ्चालन गरिरहेकी रसुवा जिल्ला साबिकको लहरेपौवा गाविस वडा नं १ मा जन्मिएकी ग्याम्दान निकै साहसी पर्यटन व्यावसायीको रूपमा चिनिन्छिन् ।  उनी रसुवा नुवाकोट पर्यटन समाजको सदस्य समेत् रहेकी छिन् ।

टानको कुल १ हजार १ सय छयासी सदस्यमध्ये ३९ औ. साधारण सभामा ७ सय २७ सदस्यले मात्र मतदानमा भाग लिएका थिए । लोकतान्त्रिक गठबन्धनले बरिष्ठ उपाध्यक्ष, द्वितीय उपाध्यक्ष, महिला सदस्य २ जना सदस्य पदमा जितेको छ भने अध्यक्षसहित अरू सदस्य पदमा बामगठबन्धनले जितेको छ ।