एघारौँ भुकम्प सुरक्षा दिवस

रसुवा माघ ३ गते । भूम्पीय सुरक्षाको बलियो आधार , भूँईचालो थेग्ने घर र भौतिक पूर्वाधार भन्ने मूल नाराका साथ १९ औ भूकम्प सुरक्षा दिवस जिल्लमा विभिन्न कार्यक्रम गरी मनाइएको छ ।

धुन्चेमा भएको एक कार्यक्रममा सहभागीहरुले भूकम्प सुरक्षा दिवसका अवसरमा समयमै भूकम्प थेग्ने आवास पुनर्निर्माणमा जोड् दिनु पर्ने बताउँनुभयो । कोरएड रसुवाले खोज तथा उद्धार र प्राथमिक उपचार सामाग्री प्रदर्शनी गरिएको थियो । ब्यानर र प्लेकार्ड बोकेर बजार परिक्रमा गरी जिल्लाका सरकारी , गैरसरकारी निकाय ब्यापारी , बुद्धिजीवि पत्रकाहरु सहभागि थिए । कार्यक्रममा रेडक्रस रसुवका सभापति बाबुलाल तामाङ, प्रमुख जिल्ला अधिकारी चेमेन्द्र न्यौपाने लगायका सहभागीहररुले आफनो धारणा ब्यक्त गर्नुभयो ।

त्यसैबीच कालिकास्थानमा पनि स्थानीय नव प्रतिभा बलक्लबले एक अन्तक्र्रिया कार्यक्रमको १९ औ भूकम्प सुरक्षा दिवस गरी साँझ दीपावली समेत गरेका थिए ।