नमूना मतदानसहित नागरिक सचेतन

कालिकास्थान, ''समृद्द देश युवाको रहर : मतदान गरौं गाउँ शहर'' भन्ने नाराका साथ निर्वाचन र मतदानका लागि नागरिक सचेतन कार्यक्रम  सञ्चालन गर्न प्रशिक्षण सम्पन्न भएको छ । प्रशिक्षणमा नमुना मतदान समेत् गरिएको थियो ।

नेपाल युवा संस्था सञ्जाल (आयोन) र सदस्य संस्था इस्याफ नेपालले कालिकास्थानमा आयोजना गरेको २ दिने प्रशिक्षण कार्यक्रममा रसुवा र नुवाकोटका २१ जना सहभागी थिए ।

 

मतदातालाई सचेतना गराउन गाउँगाउँमा स्वयम् सेवक मार्फत् नमुना मतदान र सांस्कृतिक कार्यक्रम सञ्चालन गरिने युवा सस्था सञ्जालका निरज बागले बताए ।

 

मतपत्र बदर नहोस्, मतदान प्रकृयामा सबैजना सहभागी हुन् भन्ने उद्येश्यका साथ सचेतकहरू घरघरमा गएर मतदातालाई जागरण गर्ने कार्यक्रम रहेको आयोनले जनाएको छ ।

 

मतदातालाई सचेतना गर्ने कार्यक्रम अन्तर्गत रसुवा र नुवाकोटमा ८/८ स्थानमा नमुना मतदान र ६/६ स्थानमा सांस्कृतिक कार्यक्रम सञ्चालन गरिने भएको छ ।