चिलिमेले २० प्रतिशत बोनश दिने

चिलिमे जलविद्युत केन्द्रले यसवर्ष २० प्रतिशत बोनस सेयर  दिने भएको छ । कम्पनीको सञ्चालक समितिको बैठकले   १० प्रतिशत नगद र १० प्रतिशत सेयर बोनस दिनको लागि   प्रस्ताव गरेको हो । 

रसुवा जिल्लाको स्याफ्रुवेसीमा जलविद्युत गृह रहेको उक्त कम्पनीले स्थानीय रसुवावासीलाई १० प्रतिशत प्रभावित शेयर दिएको थियो । 

आउँदो साधारण सभामा पेश गर्नको लागि गरिएको उक्त निर्णय गतवर्षहरूको तुलनामा निराशाजनक भएको बुझिएको छ ।