निर्वाचन र संचार विषयक अन्तर्क्रिया

धुन्चे । जिल्ला निर्वाचन कार्यालय रसुवाको आयोजनामा निर्वाचन र संचार विषयक एकदिने अन्तक्रिया सोमबार धुन्चेमा सम्पन्न भयो । 


प्रमुख जिल्ला अधिकार हिरादेवी पौडेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा जिल्ला निर्वाचन अधिकारी नविन खालिङ, जिल्ला निर्वाचन कार्यालयका ध्रुबप्रसाद लामिछाने, नेपाल पत्रकार महासंघका अध्यक्ष हेमनाथ खतिवडा,  बलराम घिमिरेले सहजीकरण गरेको कार्यक्रममा पत्रकार साहस न्यौपाने,  प्रेम पौडेल , जयराम आचार्य, ज्ञानेन्द्र न्यौपाने लगायतले पत्रकारका समस्या बारे आफ्नो धारणा राखेका थिए । 


निर्वाचनको समयमा पत्रकारलाई मतदान स्थलसम्म पुगेर सूचना लिने र जिल्ला भरको रिर्पोटिङ गर्न आई पर्ने समस्या बारे अध्यक्ष खतिवडाले ध्यानार्कषण गराएका थिए । उनले पत्रकारहरुलाई मतदान स्थलसम्म प्रबेश गरी रिर्पोटिङ पासको ब्यवस्था गर्ने, मतगणनाको सूचना सहज रुपमा प्राप्त गर्ने वातावरण सिर्जना गर्न , पत्रकार पहिचानका लागि एकै खाले पोशाकको ब्यवस्था गर्नु पर्ने बताएका थिए । 


जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकारी नविन खालिङले पत्रकारहरुका जिज्ञसा प्रति सकरात्मक हुँदै स्रोत साधनले सम्भव भएसम्म समस्या समाधानका लागि पहल गर्ने बताए । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी हिरादेवी पौडेलले निर्वाचन तथा बिभिन्न गतिबिधीको सत्य तथ्य ढंगले सूचना सम्प्रेषण गरी जनतामा पुर्याउन पत्रकारहरु समक्ष आग्रह गर्दै जिल्ला निर्वाचन कार्यालयसँग छलफल गरेर पत्रकारहरुको माग सम्बोधन गर्न आफु सकरात्मक रहेको बताईन् ।


कार्यक्रममा जिल्लामा क्रियाशील २० जना पत्रकार सहभागी थिए ।