एउटा मान्छे -‍कविता

रामजी अधिकारी-

उसमा रिस , अनि छन् राग 
ईर्ष्या लोभ उस्तै,कमि छ त्याग।
उस्लाई बन्नु पर्ने छ पहिला
मान्छेमा सफा, दिलमा छ मैला।।

आफैंलाई होस् भन्छ थोक सबै
कति छ दौलत? लोभ छ अझै।
पछाडि राश छ, अगाडि रित्तो
भन्दैमा मलाई जिन्दगी सिद्धो।।

रोग बजारका, प्राय छ निम्तो
औषधिले गर्दा, जीउ छ जिम्दो।
उमेरमा पाको, झण्डै सत्तरी
जब्दैन राम! काँडा ऊ हत्तरी।।(हत्तेरी)

इष्ट मित्र को ? दिव्य छैन उस्मा
बहि खोल्छ जोड्न,खोजी ऊ चश्मा।
तनाब भो बिग्री; घटाउ, जोड्मा 
चिट्चिट् पसिना, ढल्यो ऊ चोटमा।।

दौलत ,हिसाब कठ्ठै ! सबै गो
रस्साकस्सि नै,उस्को जीवन भो।
बिग्रे सन्तान रे! बांकी के नै रो?
रेकर्ड देखिन्न ,कथा उही भो !।