रसुवागढी

नेपाल चीन युद्ध हुँदा सन् १८४९ मा यसै स्थानमा सन्धि गरी युद्धविरामको घोषणा समेत् भएको थियो । त्यतिखेर युद्ध चर्काउँदै जित्नका लागि हाम्रा पुर्खाले बनाएको रसुवागढी नाका ऐतिहाँसिक बनेर रहेको छ । विनाशकारी भुकम्पबाट ध्वस्त यो गढ॥ पुननिर्माणको क्रममा छ ।
 

यो रसुवागढी नाका वा टिमुरे व्यापारिक दृष्टिकोणले मात्र महत्वपूर्ण छैन,  प्राचीन कालमा नेपालकी छोरी राष्ट्रिय विभूति भृकुटीले चीनका राजा स्रोङचोङ गोम्पोसँग विवाह गरेपछि घर माइती गर्ने बाटो पनि यही हो । माओसेतुङले चीनमा गरेको गणतान्त्रिक परिवर्तनका कारण सो विरूद्ध आवाज उठाउँदा प्रसिद्ध तथा धार्मिक नेता दलाई लामाले यही आसपासलाई आफ्नो मुख्य क्षेत्र बनाएका थिए र यही नाका हुँदै भारतसम्म पुगेको कुरा पनि हामीले इतिहाँसबाट थाहा पाउँछौं ।

नेपालको प्रदेश नं ३ को उत्तरतर्फ चीनको स्वशासित क्षेत्र तिब्बतसँग सिमाना जोडिएको हिमाली जिल्ला हो  रसुवा । ५ गाउँपालिकामा फैलिएको रसुवा जिल्ला प्राकृतिक, पर्यटकीय, सांस्कृतिक तथा विषम भौगोलिकतामा रहेको छ । चीनको स्वशासित क्षेत्र तिब्बतसँग ऐतिहाँसिक महत्वले पूर्ण रहेको टिमुरेको  पूर्वमा बृद्धिम गाविस, पश्चिममा .थुमन , उत्तरमा चीनको स्वशासित क्षेत्र तिब्बत (केरुङ) र दक्षिणमा बृद्धिम  रहेको छ ।  यो गोसाईकुण्ड गाउँपालिकाको वडा नं २ मा रहेको छ । 

विशेष गरी रसुवागढी नेपालहुँदै चीन र भारत जोड्ने अनि त्रिदेशीय व्यापारिक सम्बन्ध विस्तार गर्नका लागि नेपालको सबैभन्दा छोटो नाकाको रूपमा आफ्नो पहिचान स्थापित गर्न अगाडि बढिरहेको छ । यहाँ रहेको रसुवागढी नाका, समग्र रसुवाली मात्र नभई नेपालीकै लागि आर्थिक उन्नतिको धरोहर अन्तर्राष्ट्रिय नाका, सुख्खा बन्दरगाहलगायतका पूर्वाधार निर्माणको पूर्व सन्ध्यामा रहेको छ । नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको अनुगमन पश्चात यहाँ सुख्खा बन्दरगाह निर्माणको प्रकृया अगाडि बढिसकेको छ । सुख्खा बन्दरगाह निर्माण भएपछि यो नाका नै नेपालको प्रमुख नाका बन्नेछ । २०७२ को बैशाख १२ गते गएको विनाशकारी भुकम्प र त्यसपछि लगातार गएका पराकम्पनका कारण यो गाविस र रसुवागढी नाका तथा यहाँका महत्वपूर्ण स्थलहरु पनि क्षतविक्षत भएको छ । 


यो रसुवागढी नाका वा टिमुरे व्यापारिक दृष्टिकोणले मात्र महत्वपूर्ण छैन,  प्राचीन कालमा नेपालकी छोरी राष्ट्रिय विभूति भृकुटीले चीनका राजा स्रोङचोङ गोम्पोसँग विवाह गरेपछि घर माइती गर्ने बाटो पनि यही हो । माओसेतुङले चीनमा गरेको गणतान्त्रिक परिवर्तनका कारण सो विरूद्ध आवाज उठाउँदा प्रसिद्ध तथा धार्मिक नेता दलाई लामाले यही आसपासलाई आफ्नो मुख्य क्षेत्र बनाएका थिए र यही नाका हुँदै भारतसम्म पुगेको कुरा पनि हामीले इतिहाँसबाट थाहा पाउँछौं । त्यति मात्र हैन नेपाल चीन युद्ध हुँदा सन् १८४९ मा यसै स्थानमा सन्धि गरी युद्धविरामको घोषणा समेत् भएको थियो । त्यतिखेर युद्ध चर्काउँदै जित्नका लागि हाम्रा पुर्खाले बनाएको रसुवागढी नाका ऐतिहाँसिक बनेर रहेको छ । 


अर्को महत्वपूर्ण पाटो हाम्रै पुर्खाले बनाएका ऐतिहाँसिक चिनो, ऐतिहाँसिक सम्पत्ति वा तपाइँ हाम्रो पैतृक सम्पत्ति रसुवागढी जीर्ण बन्दै गएको थियो । अहिले विनाशकारी भुकम्पका कारण कता कता रसुवागढी यस्तो थियो भनेर तस्वीरमा मात्र रहने हो कि भन्ने चिन्ता पनि छ । यसको संरक्षणका लागि हामीले महत्वपूर्ण योजना सञ्चालन गर्नुपर्ने आवश्यकता छ । पछिल्लो चरणमा विकसित हुँदै गएको तामाङ हेरिटेज मार्ग रहेको यस गाविसमा दुधकुण्ड जस्ता अति सुन्दर, मनोरम तथा धार्मिक स्थलहरु रहेका छन् ।

टिमुरे गाउँको नामाकरण स्थानीय भाषामा सेदाङ भन्ने गरिएको थियो, जसको अर्थ सुनको भूमि भन्ने हुन्छ । व्यापारको सिलसिलामा  आवात जावत गर्ने मानिसहरुले टिमुर धेरै फलेको देखेर यसलाई टिमुरे भन्न थालिएको भन्ने भनाई पनि पाइएको छ ।